पुल बगेपछि सेती लोकमार्गको काम नै अलपत्र

news
news
November 18, 11:44

अछाम — सुदूरपश्चिमको विकास र समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माणमा ढिलाइ भइरहेको छ । बर्सेनि सरकारले बजेट छुट्याउने तर कर्मचारी नपठाउने तथा समयमा ठेक्कापट्टा नलगाउँदा राजमार्ग निर्माण अलपत्र परेको हो । राजमार्गअन्तर्गत अछाम खण्डको काम नै सुस्त भइरहेको बेला लुंग्रेली गाडमा निर्माणाधीन पक्की पुल यो वर्ष बाढीले बगायो । उक्त पुल नै बगाएपछि आयोजनाको अन्य कामसमेत थप अन्योलमा परेको छ ।

पुलको सबस्टक्चर र सुपरस्टक्चर दुवै भत्किएको सेती राजमार्ग अछामका प्रमुख इन्जिनियर दमन विष्टले बताए । ‘पुल निर्माण प्रक्रिया सुरु हुने बेलादेखि नै मापदण्डअनुसार गुणस्तरीय काम गर्न प्राविधिकले सल्लाह दिइरहेका थिए । तर पनि निर्माण सम्पन्न नहुँदै बाढीले बगायो । वर्षा सकिएको पनि धेरै भइसक्यो तर फेरि काम गर्ने या नगर्ने विषयमा निर्माण व्यवसायीको कुरा आएको छैन,’ उनले भने, ‘कोरोना संक्रमणका कारण अवरुद्ध योजनालाई म्याद थप गर्नका लागि मन्त्रिपरिषद्ले नै निर्णय गरेको छ । हामीले पनि निर्माण व्यवसायीलाई काम सुरु गर्न औपचारिक खबर गरिसकेका छौं ।’

स्वाँर कन्स्ट्रक्सन रिडिकोटले उक्त पुल निर्माणको जिम्मा पाएको थियो । २०७७ फागुनमा थप गरिएको म्याद पनि सकिएको छ । तर कोरोना संक्रमणका कारण भारतबाट पुल निर्माणका लागि ल्याउनुपर्ने आवश्यक सामग्री आयात गर्न नसकेको कारण पुल निर्माण हुन नसकेको निर्माण व्यवसायी रवि स्वाँर बताउँछन् । ‘निर्माणको काम गरिरहेका थियौं । २६ वटा लट्ठाले नै पक्की पुललाई धान्ने गरी इस्टमेट बनेको छ । त्यो बेला लट्ठा लगाउने प्रक्रिया सुरु भएको थियो । त्यतिबेलासम्म टेकाको भरमा अडिएको थियो,’ उनले भने, ‘ठूलो वर्षा भएपछि बाढीले टेका बगायो । करिब १ करोड ५० लाख बढीको क्षति भयो ।’ केही दिनमा पहिले बाँकी रहेको संरचना भत्काएर पुनः निमार्णको काम सुरु गरिने उनले बताए । ‘४/५ दिनभित्र पुनर्निर्माणको काम सुरु गर्छौं । चैतभित्र निर्माण सम्पन्न गरिसक्ने योजना छ,’ उनले भने ।

कार्यालय पनि कर्मचारीविहीन

स्थानीय, प्रदेश र केन्द्र सरकारको प्राथमिकतामा नपरेको सेती राजमार्ग अछामको कार्यालय कर्मचारीविहीन छ । साँफेबगरस्थित कार्यालयमा सडक डिभिजन कार्यालयका कर्मचारीले कार्यालयको काम हेरी दिने गरेका छन् । एउटै स्थानमा रहेका सडक डिभिजन र सेती राजमार्ग दुवै कार्यालयमा २ जना सबइन्जिनियर र १ जना इन्जिनियरले प्राविधिक काम गरिरहेका हुन् ।

सडक डिभिजन कार्यालयमा १२ जना सबइन्जिनियर र ४ जना इन्जिनियरको दरबन्दी छ भने सेती राजमार्ग आयोजनामा ४ जना सबइन्जिनियर र २ जना इन्जिनियरको दरबन्दी रहेको छ । २२ जना दरबन्दी रहेका २ कार्यालयमा ४ जना कर्मचारी मात्रै हुँदा कार्य सम्पादनमा समस्या रहेको एक जना कर्मचारीले बताए । ‘दुवै कार्यालयमा प्राविधिक, प्रशासन र लेखामा कर्मचारी नै छैनन् । दुई वटै कार्यालय प्रमुखको जिम्मेवारी इन्जिनियरलाई दिइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा