कानुन व्यवसायीले मागे गृहमन्त्री खाँणको राजीनामा

news
news
November 21, 1:58

काठमाडौँ — कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । सर्वोच्च अदालत परिसरभित्र सशस्त्र र दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै उनीहरुले गृहमन्त्री खाँणको राजीनामा माग गरेका हुन् । कानुनको मन्दिरभित्र सयौं दंगा प्रहरी उपस्थित गराएर कानुन व्यवसायीहरुमाथि दमन गर्न खोजिएको उनीहरुले बताएका छन् ।

आइतबारको प्रदर्शनमा वकिलहरुले 'दंगा प्रहरी बाहिर जा' भन्ने नारा लगाएपछि त्यहाँ रहेका एक डीएसपीले माइकबाट, 'तपाईंहरू आफ्नो मुद्दा, मागका नारा लगाउनुस्, यो त प्रहरीविरुद्ध जस्तो भयो' भनेपछि कानुन व्यवसायीले नाराबाजी गरेका थिए । प्रहरी अधिकारीको उक्त आह्वानपछि कानुन व्यवसायीले गृहमन्त्री, प्रधानन्यायाधीश, अदालत प्रशासन र प्रहरीविरुद्ध नाराबाजी गरेका हुन् ।

वकिलहरुले अदालत परिसरभित्र धर्ना दिन थालेयता सर्वोच्च अदालतमा प्रहरी र सुरक्षा बढाइएको छ । अदालत परिसरभित्र सशस्त्र प्रहरी समेत उपस्थित भएपछि कानुन व्यवसायीहरुले हटाउन माग गर्दै आएका छन् ।

आइतबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई 'गुण्डा नाइके' भन्दै राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा