सर्वोच्चमा बारको धर्ना जारी, दंगा प्रहरी हटाइयो

news
news
November 22, 11:54

काठमाडौँ,६ मंसिर ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् ।

बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ ।

एसएलआरजस्ता अत्याधुनिक हतिायरसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि जनाएको छ । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनमा छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा