कोरोनाबाट आमा गुमाएका १४ दिने शिशुमा देखिएन कोरोना, परिवारका अन्यको रिपोर्ट पनि नेगेटिभ

File
File
May 18, 10:31

काठमाण्डौं, जेठ ५ - कोरोना भाइरसको संक्रमणपछि  मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना नेगेटिभ देखिएको छ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले जानकारी दिए।

ुउहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ,ु उनले भने ुसबैको अवस्था सामान्य छ।ु

उनका अनुसार नवजात शिशुमा भने जन्डिसको समस्या छ। ुनवजात शिशुमा देखिने जन्डिसको समस्या यी शिशुमा पनि देखिएको हो,ु डा ताम्राकारले भने, ुअरु सबै अवस्था सामान्य छ।ु

उनीहरु सबै अस्पतालको आइसोलेसनमा छन्।

सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनी कोभिड १९ का कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ती हुन्। 

उनको शनिबार नै पशुपतिमा दाहसंस्कार गरिएको छ। शनिबार उनको शवलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगी दाहसंस्कार गरिएको हो। 

त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते सुत्केरी भएकी उनी २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक बाह्रबिसे गएकी थिइन्। तर श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बाह्रबिसेको प्राथमिक स्वास्थ्य केन्द्र र त्यसपछि धुलिखेल अस्पताल ल्याइएको थियो।

मन्त्रालयका अनुसार अस्पताल ल्याउने क्रममा उनको निधन भएको हो।

अस्पतालमा उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले उनको स्वाबको थप परीक्षणका लागि टेकु पठाइएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि उनमा कोरोना पोजेटिभ देखिएपछि मन्त्रालयले कोरोनाका कारण मृत्यु हुने पहिलो व्यक्ति भएको आधिकारिक जानकारी गराएको थियो।

बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनका अनुसार ती महिला सिन्धुपाल्चोक राम्चेकी हुन्। कोरोना संक्रमणका कारण उनको मृत्यु भएपछि नगरपालिकाले उनको गाउँ र स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी तथा उनको सम्पर्कमा आएकाहरुको खोजी गरिरहेको छ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा