लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना गरीने

एक
एक
December 07, 10:47

धनगढी : सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको वैकल्पिक विधि प्रयोग गरेर जनगणना गर्ने भएको छ। कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसकेपछि वैकल्पिक विधि प्रयोग गरिने भएको हो।

स्याटलाइटको माध्यमबाट उक्त क्षेत्रको घर गणना गर्ने र प्रतिघरमा औसत रूपमा बस्ने व्यक्तिको सङ्ख्या निकालेर उक्त क्षेत्रको जनगणना गर्ने योजना बनाएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देश डा। हेमराज रेग्मीले बताए। केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी तयारी गरिरहेको छ।

विभागका अनुसार उक्त क्षेत्रको कुटी, नाभी र गुञ्जी क्षेत्रमा मात्रै मानिसको बसोवास रहेको छ भने करिब तीन सय घरधुरी रहेको उक्त क्षेत्रमा ७र८ सय जनसङ्ख्या रहेको अनुमान गरिएको छ। उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा