बालुवाटारमा बंकरसहितको प्रधानमन्त्री निवास, आज वास्तु पूजा

news
news
December 13, 10:43

काठमाडौं, २७ मंसिर /  बालुवाटारमा सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने उनको सचिवालयले जनाएको छ ।

पुरानो प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएको भन्दै त्यसलाई भत्काएर तीन(तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको छ । एक रोपनी जग्गामा बनाइएको एउटा भवन प्रधानमन्त्रीले प्रयोग गर्ने छन् । दुई रोपनी जग्गामा बनाइएको अर्को भवन सार्वजनिक प्रयोजनका लागि हो । सार्वजनिक भवन अझै बन्ने क्रममै छ ।

प्रधानमन्त्रीका लागि बनाइएको भवन बंकरसहितको विशेष सुरक्षा प्रवन्धयुक्त छ । यो भवनको पहिलो तलामा मुख्य शयन कक्ष, परिवारका सदस्यका लागि अर्को शयन कक्ष, पारिवारिक कोठा, प्रधानमन्त्रीको अध्ययन कोठा, पूजा कोठा, होम थिएटर, लबी, जिम हल, बाल्कोनी लगायत छन् ।

दोस्रो तलामा अति विशिष्ट पाहुनाका लागि तीन वटा कोठा, विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षाकर्मी बस्ने कोठा, पाहुनाको सहयोगीका लागि कोठा, डाइनिङ, किचन र लबि लगायतका कोठाहरु छन् ।

सार्वजनिक प्रयोजनका लागि बनाइएको भवनको भुइँ तलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषदको आकस्मिक बैठक कक्ष, सञ्चार केन्द्र लगायतका कोठाहरु छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा