यस बर्षको मनिराज वाङ्मय पुरस्कार साहित्यकार सुवेदीलाई

1
1
June 16, 12:24

धनगढी, असार १ -

यस वर्षको मनिराज वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई प्रदान गरिने भएको छ । महाकाव्यकार मनिराज जोशीका छोरा गोविन्दराजले स्थापना गरेको मनिराज वाङ्मय पुरस्कार विराटनगरमा रहेर साहित्यमा सक्रिय वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई प्रदान गरिने नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी (कैलाली) का अध्यक्ष पदमराज जोशीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । 
भाषा विज्ञ एवं साहित्यकार डिल्लीराज फुलाराको संयोजकत्वमा गठन भएको तीन सदस्यीय समितिले गरेको सिफारिसानुसार सुवेदीलाई रु एक लाख पुरस्कार राशिको उक्त पुरस्कार दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । 
गत वर्ष उक्त पुरस्कार राष्ट्रकवि माधव प्रशाद घिमिरेलाई प्रदान गरिएको थियो ।

1

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा