लिटल फ्लावर बोर्डिङको आयोजनामा शिक्षकहरूलाई २ दिने सिकाई सहजीकरण तालिम सुरु

Teacher
Teacher
December 31, 3:59

धनगढी, १६ पुस - 

लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढीको आयोजनामा विद्यालयमा कार्यरत शिक्षकहरूका लागि सिकाई सहजीकरण सम्बन्धी २ दिने तालिम धनगढीमा सुरु भएको छ । शिक्षा तालिम केन्द्र दिपायलका वरिष्ठ प्रशिक्षक भीम प्रसाद पनेरुले प्रशिक्षण दिइरहनु भएको तालिम शुक्रवारबाट सुरु भएको हो ।

No description available.

धनगढी स्थित इमेज होटेल प्रा.लि. मा सञ्चालन भइरहेको तालिमको उद्घाटन सत्रमा बोल्दै वरिष्ठ प्रशिक्षक पनेरुले अहिलेका शिक्षक प्रविधि मैत्री तथा सिकाइमा अग्रसर हुनु पर्ने बताए । विद्यालयका संस्थापक प्रिन्सिपल रामचन्द्र शाहीको सभापतित्व तथा वरिष्ठ प्रशिक्षक भीम प्रसाद पनेरुको प्रमुख आतिथ्यमा सम्मपन तालिम उद्घाटन कार्यक्रममा प्यावसन केन्द्रीय सदस्य दीपक सुरी, इमेज होटेल प्रा.लि. धनगढीका प्रबन्ध निर्देशक दीप रावतको विशिष्ट अतिथिको रूपमा उपस्थिति रहेको थियो ।

No description available.

शिक्षकलाई गुणस्तरीय शिक्षण सिकाइमा अग्रसर गराउन यो शैक्षिक सत्रमा थप तीन वटा तालिम सञ्चालनको योजना रहेको शाहीले बताए ।

No description available.

तालिमको आयोजनाले सिकाइलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउन मद्दत पुग्ने विश्वास शिक्षक–शिक्षिकाहरूको छ । ‘आगामी दिनहरूमा हामी शिक्षकहरूलाई विद्यार्थी भाइबहिनी माझ थप हौसलाका साथ कक्षामा प्रस्तुत हुन सहज हुने छ ।’

No description available.

लिटल फ्लावर बोर्डिङ हाई स्कुलका शिक्षिका आरती मलासीले भनिन्, । तालिम शुक्रवार र शनिवार गरी दुई दिन सञ्चालन हुने छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा