खप्तडमा हिमपात हुदा यस्तो देखियो (फोटोफिचर)

news
news
January 10, 3:55

डोटी २६ पुष /सुदुरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ ।

news
फोटो : दिपक बहादुर खड्का 

सुक्रवार राति र सोमबार खप्तड क्षेत्रमा हिमपात भएको हो ।

news
फोटो : दिपक बहादुर खड्का 

दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् ।

news
फोटो : दिपक बहादुर खड्का 

हिउँ करिब आधा फिट जति परेको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए । उनले भने, ‘खप्तडलगायतका क्षेत्रमा कम्तीमा पनि आधा फिट हिउँ परेको छ, हिमपातका कारण चिसो पनि बढेको छ ।’

news
फोटो : दिपक बहादुर खड्का 

हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उनको भनाइ छ ।

news
फोटो : दिपक बहादुर खड्का 

प्राकृतिक सौन्दर्यताको खानी खप्तडलाई धर्तीको स्वर्गको उपमा समेत दिइएको छ ।

news
फोटो : दिपक बहादुर खड्का 

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घांसे मैदान अर्थात पाटन रहेका छन् । स्वीटजरल्याण्डको जस्तै प्राकृतिक दृश्यहरु रहेको कारण पनि खप्तडले त्यो उपमा पाएको हो ।

news
हिउँमा रमाउँदै दिपक बहादुर खड्का 

प्राकृतिक दृश्यावालीहरुमा स्वीटजरल्याण्डलाई पनि माथ गर्ने, मनोरम, अनुपम र अद्भूत प्राकृतिक दृश्यावली भएको स्थान हो– सूदुर नेपालको खप्तड । सुन्दर घांसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ ।

news
फोटो : दिपक बहादुर खड्का 

यसको वरिपरि ५३ वटा थुम्काहरु छन् । जसलाई स्थानीय भाषामा झोती भनिन्छ ।

news
फोटो : दिपक बहादुर खड्का 

घांसे मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहांको आकर्षण हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउं हो ।

news
फोटो : दिपक बहादुर खड्का 

धर्तीको स्वर्गका रूपमा मानिने खप्तड  प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक पर्यटककिय हिसाबले समेत उपयुक्त गन्तव्य हो ।

news
फोटो : दिपक बहादुर खड्का 
news
फोटो : दिपक बहादुर खड्का 

खप्तड बाजुरा, बझाङ, अछाम र डोटी चार जिल्लाको केन्द्रमा रहेको छ । खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटीकय गन्तव्य हो ।

news
फोटो : दिपक बहादुर खड्का 

पौराणिक कालमा सिद्ध तथा ऋषिमुनीहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको छ । धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको यो क्षेत्रमा कौरव र पाण्डवको युद्ध हुंदा पाण्डवले चौध वर्ष वनबास बस्दा केही समय यहां बिताएको किम्बदन्ती रहंदै आएको छ । 

news
फोटो : दिपक बहादुर खड्का 
news
फोटो : दिपक बहादुर खड्का 

 

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा