कैलाली प्रशासनमा अत्यावश्यक बाहेक सबै सेवा बन्द

news
news
January 22, 12:05

धनगढी,८ माघ / जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रशासनका सूचना अधिकारी शिवराज जोशीका अनुसार २३ जना कर्मचारीको कोरोना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण देखिएको बताए ।

यसैबिच प्रशासनका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि  कार्यालयका सेवाहरू पनि स्थगित गरिएका छन् । सो कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक सेवा बाहेक  अन्य सबै सेवाहरू माघ ९ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको सूचना अधिकारी जोशीले बताए ।

अत्यावश्यक सेवा लिन आउनेहरूको हकमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिएको हुनुपर्ने र कोरोना विरुद्धको खोप कार्ड लिएर आउनुपर्ने प्रशासनले जनाइएको छ।

No description available.

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा