अबिरल बर्षाका कारण आएको पहिरोले थलारा गाँउपालिका ६ नम्बर वडा कार्यालयमा क्षती

Bajhang
Bajhang
August 13, 10:31

२०७७ साल साउन २९ गते बिहिवार
दोरेन्द्र खड्का बझाङ
बझाङको थलारा गाँउपालिकामा बुधबार राति आएको अबिरल बर्षाका कारण आएको पहिरोले वडा कार्यालयमा क्षती पुगेको छ।

Bajhang

पहिरोले थलारा गाउँ पालिका वडा नम्बर ६ को वडा कार्यालय ठूलो क्षति पुगेको त्यहाँका स्थानिय पत्रकार पदम खड्काले बताए ।

वडा कार्यालयको माथि वाट आएको पहिरोले वडा कार्यालय भित्र रहेका कागजात, कम्प्युटर, फोटोकपि मेसिन, दराज र कुर्सी लगायत सबै सामान पुरीएको स्थानीय पत्रकार खड्काले बताए ।

पहिरोले वडा संगै रहेको स्वास्थ्य कार्यालयमा पनि क्षेती पुगेकोे बताइएको छ।
पहिरोले मानवीय क्षति भने नभएको वडा अध्यक्ष अनिल बिष्टले बताए।
वडा कार्यालयको भवनको निर्माण कार्य केही महिना अघि मात्र सम्पन्न भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा