खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’

news
news
February 01, 11:02

डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर सञ्चालन हुने भएको छ । फागुन १ गतेबाट १० गते सम्म हेलिटुर सञ्चालनमा ल्याइने खप्तड होमस्टेका सञ्चालन दीपक बहादुर खड्काले बताए ।

गत वर्ष माघ १४ गतेबाट फागुन ६ गते सम्म सञ्चालनमा ल्याइएको हेलिटुर यो वर्ष तेस्रो चरणको कोरोना महामारीका कारण फागुनबाट सञ्चालन गरिने जनाइएको छ । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा दिपायल देखि खप्तड, बडीमालिका त्यस्तै झिंग्राना देखि खप्तड, बडीमालिका र साँफेबगर देखि खप्तड, बडीमालिका हेलिकोप्टरमा अपडाउन गर्न सकिने उल्लेख छ ।

खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर प्रालि डोटीले माउन्टेन हेलिकोप्टरसँगको सहकार्यमा ‘हेलिटुर प्याकेज’ ल्याएको हो । गत वर्ष एक सय ३५ जनाले हेलिटुर मार्फत खप्तड र बडीमालिकाको भ्रमण गरेका थिए । यो वर्ष १० दिनमा तीन सय ५० जना पर्यटकलाई घुमाउने लक्ष्य राखिएको छ ।

यस्तो छ प्याकेज

No description available.

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
मन्त्री आलेद्धारा कञ्चनपुरको मझगाँउ विमानस्थल…
कञ्चनपुर,२८ पुस  / करिब दुई दशक देखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य अघि… विस्तृतमा