निर्वाचन तयारीमा जुट्यो एमाले, सुदूरपश्चिममा १६ र १७ फागुनमा प्रशिक्षण

news
news
February 08, 5:37

कैलाली २५ माघ / नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । सदूरपश्चिमको धनगढीमा १६ र १७ फागुनमा अभिमुखीकरण कार्यक्रम तय गरिएको छ ।   

महासचिव शंकर पोखरेलले प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न मंगलवार निर्देशन दिएका छन् । दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको छ ।

उद्घाटन शत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी हुनेछन् ।

यी हुन् प्रशिक्षणका विषयहरु:
क. दसौं राष्ट्रिय महाधिवेशन/विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा

ख. सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, संगठनात्मक र शैलीगत विषयहरु

ग. स्थानीय तहमा पाँच वर्षः उपलब्धी र अनुभवहरु

घ. स्थानीय तह निर्वाचनको तयारीः राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरु

यी हुन् प्रशिक्षण कार्यक्रमका सहभागी
क. प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्जहरु

ख. प्रदेश कमिटी पदाधिकारीहरु

ग. प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु

घ. प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज/सहइन्चार्जहरु

ङ. प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु

च. सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु

छ. नेकपा (एमाले)बाट निर्वाचित जि.स.स. प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख

ज. नेकपा (एमाले)बाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुखहरु

झ. पालिका पार्टी कमिटीका अध्यक्षहरु

यस्तो छ प्रशिक्षणको समय तालिका र स्थान
प्रदेश नं १– फागुन १–२, विराटनगर

मधेस प्रदेश– फागुन ३–४, जनकपुर

वागमती प्रदेश– फागुन ६–७, काठमाडौं

गण्डकी प्रदेश– फागुन ८–९, पोखरा

लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल/दाङ

कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत

सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी

समय:
पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म
दोस्रो दिन बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा