kagendra

खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’

हेलिकोप्टरबाट खप्तड र बडिमालिका सुरु भयो ‘हेली टुर’
हेलिकोप्टरबाट खप्तड र बडिमालिका सुरु भयो ‘हेली टुर’
February 13, 5:17

धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली टुर’ सुरु भएको छ। खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सले विभिन्न संघ सस्थासंग मिलेर ‘हेली टुर’ सुरु गरेको हो। जिल्ला समन्वय समिति डोटीका प्रमुख राम ऐरले ‘हेली टुर’ कार्यक्रमको उद्धघाटन गरे।

आज पहिलो दिन हेलिकोप्टरबाट खप्तड र बडिमालिका घुम्नका लागि २० जना पर्यटक डोटी पुगेका थिए। ‘आज खराब मौसमका कारण खप्तड र बडिमालिका सम्म नै पुग्न सकिएन,’ खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक दिपकबहादुर खड्काले भने, ‘भोलिदेखि १० दिनसम्म नियमित रुपमा प्याकेज सञ्चालन हुन्छ।’

खप्तड, बडिमालिकालगायत पर्यटकीय गन्तव्य यति बेला हिउँले सेताम्मे छन्। उक्त क्षेत्रको भ्रमण गर्ने चाहना भएका तथा समय अभावका कारण जान नसक्नेहरूका लागि प्याकेज ल्याइएको खड्काले बताए। १० दिनमा कम्तीमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अवलोकन गराउने नाटा सुदूरपश्चिमको लक्ष्य छ ।

प्याकेजमा खप्तड घुम्न चाहनेलाई दीपायल विमानस्थल, झिग्राना, धनगढी, महेन्द्रनगर र साँफेबगरबाट हेलिकोप्टरले लैजाने र ल्याउनेछ । घुमफिरमा जाने यात्रुहरूले स्थानका हिसाबले प्रतिव्यक्ति १२ हजारदेखि ४० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ ।

सुदूरपश्चिम प्रदेश भारतका विभिन्न सहरसँग जोडिएकाले यस कार्यक्रममा भारतीय पर्यटकसमेत सहभागी हुने अपेक्षा गरिएको छ। गत वर्ष पनि खप्तड र बडिमालिकामा हेली टुर सञ्चालन गरिएको थियो।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा
मन्त्री आलेद्धारा कञ्चनपुरको मझगाँउ विमानस्थल…
कञ्चनपुर,२८ पुस  / करिब दुई दशक देखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य अघि… विस्तृतमा