धनगढीमा टिभीएसको नयाँ शोरुम, वर्षै भरी एक्सचेञ्ज अफर

TVS
TVS
June 29, 7:38

धनगढी, असार १४ - धनगढीमा टिभीएस कम्पनीको नयाँ शोरुम सञ्चालनमा आएसँगै वर्षभरि सञ्चालन हुने गरी ‘टिभीएस मेगा एक्सचेञ्ज’ अफर सुरु गरेको छ । धनगढीको चौराहमा सञ्चालमा आएको बागेश्वरी अटोमोटिभ्सको औपचारिक उद्घाटन आइतबार बिहान गरिँदै छ । 
शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै टिभीएस नेपालले ल्याउने एक्सचेञ्ज अफर र नयाँ शोरुम उद्घाटनबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा टिभीएस नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका विजनेश डेभेलोपमेन्ट म्यानेजर मोहन उप्रेतीले धनगढीमा कम्पनीको नयाँ स्वरुम सञ्चालनमा आएसँगै मेगा एक्सचेञ्ज अफर सञ्चालनमा आउने बताउनुभयो । उहाँले कुनै चाँडबाँड नकुरेरै कम्पनीले धनगढीमा पनि वर्षभरि नै मेगा एक्सेञ्ज योजना लागू गर्न गइरहेको बताउनुभयो । 
कम्पनीको सेती महाकाली मार्केटिङ इन्चार्ज विवेक चौधरीले टिभीएसले आफ्नो बजारलाई थप विस्तार गर्दै गइरहेको बताउनुभयो । उहाँले एक्सचेञ्ज अफरले टिभीएसको बजार थप मजबुत गराउने बताउनुभयो । उहाँकाअनुसार कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटी नयाँ मोटरसाइकल वा स्कुटरसंग एक्सचेञ्ज गर्न सकिने बताउनुभयो । 
धनगढीमा सञ्चालनमा आइसकेको बागेश्वरी अटोमोटिभ्सको औपचारिक उद्घाटन आइतबार बिहान धनगढी उपमहागनरपालिकाका प्रमुख नृपबहादुर वडले गर्ने कार्यक्रम छ । 
अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले शोरुमको औपचारिक उद्घाटनपछि मोटरसाइकल तथा स्कुटीको एक्सचेञ्ज गर्ने कार्य सुरु गरिने बताउनुभयो । उहाँले एक्सचेञ्जमा स्क्र्याच कार्ड, शून्य ब्याजसहित थप सुविधाहरू पनि रहेको जानकारी दिनुभयो । आइतबार शोरुम उद्घाटन कार्यक्रमअघि टिभीएस मोटरसाइकल र स्कुटीसहित बजारमा ¥याली निकालिनेछ । 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा