काङ्ग्रेस कैलालीको सभापति चयनका लागि फेरि निर्वाचन हुने

काङ्ग्रेस कैलालीको सभापति चयनका लागि फेरि निर्वाचन हुने
काङ्ग्रेस कैलालीको सभापति चयनका लागि फेरि निर्वाचन हुने
February 28, 5:44

धनगढी,१६ फागुन ।नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि पुनः निर्वाचन हुने भएको छ ।

१४ औँ अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव धकेलिएको हो ।

निर्वाचनमा जम्मा दुई हजार ४८५ मत खसेको थियो । जस अनुसार सभापतिका उम्मेदवारले सो पद्मा विजयी हाँसिल गर्नका लागि कम्तीमा पनि एक हजार २४३ मत ल्याउनु पर्ने थियो ।

तर, तीनै जनाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन् । अन्तिम मत परिणाम अनुसार सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९,नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका छन् । अब सभापतिका लागि बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ ।

अब सभापतिका लागि बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । दुवै जना संस्थापन पक्षका हुन । सबैभन्दा कम मत ल्याएका संस्थापन इतर पक्षका कलेल सभापति पदको होडबाट बाहिरिएका छन् ।

निर्वाचन अधिकृत टेक प्रसाद सुवेदीका अनुसार  पहिलो चरणमै सभापति निर्वाचित हुन नसके पछि यही फागुन १८ गते दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको बताए ।सुदूरपश्चिम प्रदेशमा काँग्रेसको जिल्ला अधिवेशन कैलाली र अछाम बाहेक बाँकी सबै जिल्लामा यस अघि नै सम्पन्न भइसकेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा