कैलाली अधिवेशन : भट्ट २१४ मतले अग्रता

मतगण्ना हुँदै
मतगण्ना हुँदै
March 03, 5:38

धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनअन्तर्गत दोस्रो चरणको मतदान सकिएर मतगणना जारी छ। पहिलो चरणमा जिल्ला सभापतिमा प्रकाश बहादुर बमले सबैभन्दा बढी मत ल्याएका थिए भने दोस्रो चरणमा नारायणदत्त भट्टले अग्रता लिएका छन्।

५ ठाउँमा गणना भइरहेको पाँच वटै ठाउँमा भट्टको अग्रता छ। दुइृ वटा निर्वाचन क्षेत्रको मतगणना सम्पन्न हुँदा भट्टलाई २१४ मतको अग्रता छ। निर्वाचन क्षेत्र नम्बर १ बाट भट्टले २७८ मत पाउँदा बमले १८२, क्षेत्र नम्बर २ बाट भट्टले २८१ मत पाउँदा बमले १६३ मत पाएका छन्। 

पहिलो चरणमा भएको निर्वाचनबाट कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको थियो। 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा