कैलाली काँग्रेस पदाधिकारीको मतगणना सकियो

फाईल तस्बिर
फाईल तस्बिर
March 04, 6:53

धनगढीः नेपाली काँग्रेस कैलालीको अधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना सकिएको छ। सभापतिको मतगणना बिहीबार नै सकिएकोमा आज उपसभापति, सचिव र सहसचिवको मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। 

उपसभापतिमा नारायणदत्त भट्ट प्यानलका भीम बडुवाल १३२८ र प्रकाशबहादुर बम प्यानलका खेम डगौरा थारु ९२३ मत ल्याउदै विजयी भएका छन्। चौधरी र बडुवालले यसअघि जिल्ला सभापतिमै चुनाव लड्ने बताउदै आएका थिए भने मनोनयन दर्ताका क्रममा पछि हटेका थिए।

सचिवमा बम प्यानलका नृप सुनारले १४९३ र भट्ट प्यानलका केशव मिश्रले ११५६ मत प्राप्त गर्दै विजयी भएका छन्। यस्तै सहसचिवमा कलेशुराम चौधरी ८९६ र रामसमझ राना ८८१ मत ल्याउदै विजयी भएका छन्। निर्वाचन समितिका अनुसार अब जिल्ला सदस्यको मतगाणना सुरु हुनेछ।

जिल्ला सभापतिमा भने संस्थापन पक्षका नारायणदत्त भट्ट विजयी भइसकेका छन्। उनी दोस्रो चरणको निर्वाचनमा प्रकाश बहादुर बमलाई पराजित गर्दै विजयी भएका हुन्। 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा