बागेश्वरी अटोमोटिभ्सद्धारा धनगढीमा टिभीएसको नयाँ शोरुम उद्घाटन

1
1
June 30, 6:49

धनगढी, असार १५ - धनगढीमा टिभीएस कम्पनीको नयाँ शोरुम सञ्चालनमा आएसंगै वर्षभरी सञ्चालन हुने गरि ‘टिभीएस मेगा एक्सचेञ्ज’ अफर सुरु गरेको छ । 
धनगढी उपमहाानगरपालिका वडा नम्बर २ को मेनरोड माछापुच्छरे बैक नजिकै ५८ औशाखाका रुपमा शोरुमको उद्द्दाटन गरिएको हो । 
धनगढीमा रहेको बागेश्वरी अटोमोटिभ्सको औपचारिक उद्घाटन धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले गरेका हुन् । उद्घान कार्यक्रममा बोल्दै मेयर वडले पछिल्लो समय युवा ब्यवसायीको संख्या बढ्दै गएको भन्दै खुशी ब्यक्त गरे । 
उनले रोजगारीका लागी युवा जनशक्ती विदेश पलायन भईरहेका वेला बागेश्वरी अटोमोटिभ्सका संञ्चालक प्रेम साउँदले गरेको कामको प्रसंसा गरेका छन् । आज देखि उद्घाटन भएको बागेश्वरी अटोमोटिभ्सले नयाँ मोटर साईकलाको विक्री वितरण संगै मेगा एक्सचेञ्ज अफर सञ्चालनमा ल्याएको छ । 
कम्पनीले कुनै चाँडबाँड नकुरेरै कम्पनीले धनगढीमा पनि वर्षभरी नै मेगा एक्सेञ्ज योजना लागू गर्न गइरहेको संञ्चालक प्रेम साउँदले बताए । उनले एक्सचेञ्ज अफरले टिभीएसको बजार थप मजबुद गराउने बताए । 
टिभीएस कम्पनीको मोटरसाइकल वा स्कुटी नयाँ मोटरसाइकल वा स्कुटरसंग एक्सचेञ्ज गर्न सकिने उनको भनाई छ । शोरुम उद्घाटन कार्यक्रमअघि टिभीएस मोटासाइकल र स्कुटीसहित बजारमा ¥याली निकालिएको थियो । 
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा