प्रचण्डले भने प्रकाश सपुतको गीत एउटा मात्र विचारको प्रतिबिम्ब हो, आवेगमा आउनु आवश्यक छैन 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
March 14, 10:26

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गायक प्रकाश सपुतको गीतमा आवेगमा आउनुपर्ने आवश्यक  नभएको बताएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सोमवार बिहानै धनगढी आइपुगेका प्रचण्डले गेटा विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै आफूले गीत पुरा हेरि नसकेको समेत बताए । प्रकाश सपुतको पछिल्लो गीत विवादमा आएको छ, तपाईँले कसरी हेर्नुभएको छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘मैले त्यो गीत पुरा हेर्नै पाएको छैन । मिडियामा आएका क्रिया प्रतिक्रिया हेरेको छु । तर गीतलाई लिएर आपत्ति नै जनाउनुपर्ने मलाई लाग्दैन।’

कलाकार र सर्जकहरूले आफ्नो दृष्टिकोणअनुसार विभिन्न रचना गरेका हुने उल्लेख गर्दै प्रचण्डले प्रकाश सपुतको पछिल्लो भिडियोले समेत एउटा विचारको प्रतिबिम्बन गरेको प्रतिक्रिया दिए । प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन्। डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रूपमा कसैले चर्चा गर्‍यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’

 

सपुत गम्भीर सामाजिक विषयमा गीत निर्माण गर्दै आएको बताउँदै प्रचण्डले जनयुद्धलाई समग्र कसरी हेर्ने र यसको प्रभाव तथा असरको बहस लामो समयसम्म चल्दै जाने बताए। माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरिए गलत हुने उनको भनाई थियो। ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ। त्यसका धेरै आयामहरू छन्। धेरै पक्ष छन्, धेरै मर्महरू छन्,’ प्रचण्डले भने।

 

प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी हुने विषयमा छलफल भइरहेकोसमेत बताए।

 

गठबन्धनमा यो विषयमा छलफल भएको छ, उनले भने, कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो। तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्‍यो भनेर अनुरोध गरिएको छ।

 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएकोसमेत प्रचण्डले जनाए।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा