धनगढीमा सुदूरपश्चिम महोत्सव हुने

महोत्सब बारे जानकारी दिन गरीको पत्रकार सम्मेलन
महोत्सब बारे जानकारी दिन गरीको पत्रकार सम्मेलन
March 15, 6:25

धनगढी १ चैत्र / कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव धनगढीमा लाग्ने भएको छ । यही चैत्र १० गतेदेखि २० गतेसम्म महोत्सव सञ्चालन गर्ने गरी तयारी कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको कृषी, पर्यटन र उद्योगको बिकास तथा बिस्तारका साथै सस्कृती र कलाको प्रवद्र्धन गर्दे यस क्षेत्रको समग्र बिकासका सम्भावनाहरुलाई उजागर गर्ने तथा कोरोना महामारीका कारण श्रृजित आर्थिक सामाजिक प्र्रतिकुलता र बिषम सामाजिक परिस्थीतिका बिच गुज्रिरहेका ब्यवसायलाई माथी उकास्न महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने जनाएको छ ।

सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करण आगामी चैत १० गतेदेखी २० गतेसम्म धनगढी उप महानगरपालिका १ पशुपति टोल, चौधरी बुकडिपो पछाडी लाग्ने आयोजक कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए । माघ १८ गते देखि आयोजना हुने भएपनि कोरोनाको संक्रमण बढ्न थालेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगत गर्नु परेको थियो ।

बृहत ब्यवसायीक कृषी प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृर्षीमा आएको प्रबिधिसंगै माछा, केरा, पोल्टी, दुग्धजन्य पदार्थ आदीलाई प्रर्दशनिमा जोड दिइने जनाइएको छ । जसरी बिगतका महोत्सवले उत्पादन गरेका कलाकार अहिले देश बिदेशसम्म पुगिरहेका छन सोही कार्यलाई निरन्तरता दिदै यस क्षेत्रमा योगदान दिउका र सम्भावना भएका कलाकारहरुलाई प्रार्थमिकता दिइने अध्यक्ष कुँवरले बताए ।

१ करोड बढि लागतमा सम्पन्न हुने महोत्सवमा कृषी, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोवायल्स, गारमेन्ट लगायतका ३ सय स्टल रहने जनाइएको छ । महोत्सवलाई सम्पन्न गर्न २३ वटा उप समिति गठन गरिएको कैलाली उद्योग बाणिज्य संघका महासचिव ओम बिष्टले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा