एनएमबि बैंक डोटीद्वारा १ दिने वित्तय साक्षरता सम्पन्न
मोहन पनेरु
धनगढी,१२ चैत्र / एनएमबि बैंक डोटी शाखाद्वारा डोटीको दिपायलमा एक दिवशीय वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चक्र बहादुर माझीले भन्नुभयो, अबको यूगमा पैसालाई आफुलाई चाहिएको बेलामा सहजै प्राप्त गर्ने सकिने भएकाले हामी सबैले थौरै पैशा भए पनि बैंकमा नै राख्नु पर्ने शुझाब दिनुको छ । माझी कार्याक्रमका सभापति समेत रहेका थिए ।
प्रमुख अतिथि एन एम बि बैंक प्रदेश नम्बर ६ र ७ का प्रमुख बिरुराम जैशिले भने अब गाउँ घर तिर पैसा व्याजमा दिनु भन्दा तपाईहरुले बैंकमा पैसा राख्नुस । बैंकमा पैशा राखे पछि सुरक्षित र आफुलाई चाहिएको बेलामा सहजै पैशा निकाल्न सकिने छ । सुदुर पश्चिमका विभिन्न स्थानहरुमा यस प्रकारका वितिय साक्षरता संचालन गरिएको एन एम बि बैंक डोटी शाखाका कर्मचारी लक्ष्मण भट्टले बताए ।
प्रशिक्षणले वितिय साक्षरता सम्बन्धि धेरै राम्रो ज्ञान प्राप्त भएको सहभागी जमुना खड्काले बताईन । एनएमबि बैंक डोटीमा २०६८ बैशाखमा स्थापना भएदेखि विविध कार्यक्रम गर्दै आएको छ । अब एनएमबि बैंकले खाता खोल्नु परेमा बैंकमा नगएर सिधै आफ्नै मोबाईल बाट पनि खाता खोल्न सकिने प्रदेश प्रमुख जैशीले बताए । उक्त बैंक बैक अफ दि इएर एशिया– २०२१ बाट सम्मानित भएको थियो ।