कञ्चनपुर जिल्ला फुटबल संघको अध्यक्षमा चन्द

April 15, 12:14

 धनगढी,२ बैशाख  /  कञ्चनपुर जिल्ला फुटबल संघको अध्यक्षमा गणेश बहादुर चन्द पुनस् निर्वाचित भएका छन्। संघको छैठौँ साधारण सभा तथा जिल्ला अधिवेशनबाट अध्यक्षमा चन्द पुनस् निर्वाचित भएका हुन्।

उनी आफ्ना प्रतिद्वन्दि भीमबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका निर्वाचन संयोजक उमेशप्रसाद बिष्टले बताए। उनका अनुसार अध्यक्षमा गणेशबहादुर चन्द र भीमबहादुर थापाको उम्मेदवारी परेको थियो। जसमा खसेको १३ मतमध्ये चन्द ११ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेकामा तीन जना रमेश चन्द, दाउत तामाङ र केशव चन्द निर्वाचित भएका छन्। सदस्यमा कमलेश सिंह, दीपकसिंह बोहरा, प्रजापति भट्ट, बलबहादुर जागरी, भीमबहादुर चन्द, महेश चन्द, राजप्रताप सिंह, सुकबहादुर तामाङ, शंकर चन्द, खुला महिला सदस्य हेलन श्रेष्ठ र महिला सदस्यमा महेन्द्रा भट्ट निर्वाचित भएका छन्।

निर्वाचन मण्डलले निर्वाचित अध्यक्ष चन्दलाई सपथ ग्रहण गराएका छन् भने निर्वाचित कार्यसमितिलाई नवनिर्वाचित अध्यक्षले सपथ ग्रहण गराए। जिल्ला अधिवेशनका लागि तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो। जसमा निर्वाचन संयोजकमा उमेशप्रसाद विष्ट, सदस्यमा गोपाल भट्ट र धर्मानन्द भट्ट रहेका थिए।

अखिल नेपाल फुटबल संघका केन्द्रीय महासचिव इन्द्रमान तुलाधर साधारण सभा तथा जिल्ला अधिवेशनको लागि पर्यवेक्षक रहेका थिए। यसैगरी पुनरावेदन समितिको संयोजकमा कृष्णदेव जोशी, सदस्यमा विमल खडायत र गोविन्द स्वार रहेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा