प्रकृतिको सौन्दर्य बारिल झरना संरक्षणको पर्खाइमा

बारिल झरना
बारिल झरना
July 04, 11:31

बझाङ, असार १८ - बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका ८ खाराबगरमा रहेको बारिल झरना ओझेलमा पर्दै गएको छ । झरनाको संरक्षण र सम्वर्द्धन हुन नसकेपछि बारिल झरना ओझेलमा पर्दै गएको हो ।

प्राकृतिकरूपमा निकै सौन्दर्य बोकेको बारिल झरना संरक्षणको पर्खाइमा रहेको छ । २०० मिटर लम्बाइ रहेको बारिल झरना पर्यटकीय क्षेत्रका हिसावले निकै भरीपूर्ण छ ।

पर्यटकीय आकर्षणको रूपमा रहेको बारिल झरनाको समयमै संरक्षण र सम्वर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्यको रुपमा चिनाउन सकिने प्रचुर सम्भावना रहेको स्थानीय खडकबहादुर विष्टले बताए । चारैतिर घना जंगलको बीचमा अवस्थित बारील झरना प्राकृतिक रुपमा निकै शोभायमान भएता पनि झरनाको प्रचार प्रशार भने अझै हुन सकेको छैन ।

बारील झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि केही पूर्वाधार निर्माण गर्ने योजना नगरपालिकाको रहेको जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले बताइन् ।

जिल्ला बाहिरबाट सदरमुकाम चैनपुरसम्म आउने केही यात्रु यहाँको पर्यटकीय क्षेत्र बारील झरनाको अवलोकन गर्ने गर्दछन् । सदरमुकाम चैनपुरबाट ५ किलोमिटरको दूरीमा रहेको बारील झरना सौन्दर्यताका हिसावले पर्यटकीय क्षेत्र बनाउन सकिने निकै सम्भावना रहेको छ ।

प्राकृतिक सौन्दर्यता बोकेको बारील झरनालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय निकाय तथा प्रदेश सरकारलाई स्थानीयबासीले माग गरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा