ओलीलाई कांग्रेस महामन्त्री शर्माको जवाफ– ‘उडन्ते गफको पुलिन्दा लेख्न कांग्रेसलाई आएन

April 26, 8:17

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई उडन्ते सपनाहरूको गफको पुलिन्दा घोषणा पत्रमा लेख्न नआएको बताएका छन् । घोषणापत्रबारे एमाले अध्यक्ष केपी ओलीको टिप्पणीप्रति लक्षित गर्दै शर्माले भनेका छन्, ‘तपाईंले मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याऊ खेतीको सपना देखाउनमात्रै बाँकी राख्नुभएको छ, माफ गर्नुहोस् श्रद्धेय कमरेड, ‘उडन्ते सपनाहरूको गफको पुलिन्दा लेख्न कांग्रेसलाई आएन ।’

उनले कम्तीमा ओलीले विषयको बहसमा आउन चाहेको भन्दै धन्यवाद प्रकट गरेका छन् । महामन्त्री शर्माले कांग्रेसले जमिनमा टेकेर गर्न सकिने कामहरुमात्रै घोषणा पत्रमा उल्लेख गरेको दाबी गरेका छन् ।
‘जिम्मेवार सपना त्यो होइन, जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ । सपना त्यो हो, जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ । जमीनमा टेकेर गर्न सकिने कामहरू मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्धेय कमरेडलाई मन परेन ठीकै छ,’ शर्माले भनेका छन्, ‘तर कम्तीमा विषयको बहसमा आउन चाहेकोमा धन्यवाद !’

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा