धनगढीमा साझा उम्मेदवारलाई जिताउन संयुक्त गठबन्धनको अपिल

May 06, 1:06

धनगढी,२३ वैशाख /  धनगढी उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरिएको छ ।

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका हुन्।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनगढीमा पनि पाँच दलीय गठबन्धन गरिएको छ । प्रमुखमा नेपाली काँग्रेसका नृपबहादुर वड र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका शन्ति अधिकारीलाई गठबन्धनको साझा उम्मेदवारका रुपमा अघि सारिएको छ । भने वडा स्तरमा गठबन्धनका घटक दलहरुबीच मित्रवत प्रतिस्पर्धा हुने भएको हो ।

संयुक्त जारी विज्ञप्तिमा भनिएको छ,'गठबन्धनमा आवद्ध सबै राजनीतिक दलका स्थानीय वडा तहको नेतृत्व, वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरू वडा तहमा आआफ्नो दलका उम्मेदवारका पक्षमा मत माग्ने र गठबन्धनका साझा मेयर पदका उम्मेदवारको निर्वाचन चिन्ह रुखमा र उपप्रमुखका उम्मेदवारको निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हतौडामा मतदान गर्ने वातावरण सुनिश्चित गर्न अनुरोध गर्दछौँ ।'

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण…
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा