बडीकेदारमा कांग्रेस विजयी

May 15, 8:50

दिपायल – डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित दुई वटा वडामा कांग्रेसका उमेदवार विजयी हुनुभएको हो ।

नेपाली कांग्रेसका उमेदवार भैरब बहादुर साउद २ हजार ३ सय ४३ मत सहित गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार चक्र बहादुर घर्तिले १ हजार ६ सय ८४ मत प्राप्त गर्नु भयो । त्यस्तै, नेकपा समाजवादीका उमेदवार भक्तबहादुर साउद १ हजार ४ सय ७१ मतमा सीमित रहनु भयो ।

गाउँपालिका उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उमेदवार विजय हुनुभएको छ । कांग्रेस उमेदवार दम्मरी कुमारी विष्ट २ हजार ४ सय ७ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी एमाले उमेदवार सपना सिडारीले २ हजार २ सय ७६ मत प्राप्त गर्नुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका उमेदवार देवीसरा देवी घर्तीमगरले ८ सय ३२ मत मात्रै प्राप्त गर्नु भयो ।

बडीकेदार गाउँपालिकामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विशेष चासो राखेका थिए । कांग्रेससँग तालमेल नमिले पछि सो पालिकामा नेकपा (समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा