ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा एमालेलाई पछि पार्दै राप्रपाले लियो अग्रता
May 15, 11:11
झापा १ जेठ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा राप्रपाबाट मेयरका उमेदवार बनेका राम थापाले अग्रता लिएका छन् ।
थापाले नेकपा एमालेबाट मेयरकी उमेदवार रहेकी गिता अधिकारीलाई उछिनेका छन् ।
मतगणना सुरु भएदेखिनै एमालेकी अधिकारीले राप्रपाका थापालाई पछि पार्दै आएकी थिइन् ।
अहिले भने अधिकारीलाई थापाले उछिनेका छन् । ५००६ मत गन्दा राप्रपाका थापाले २१८५ मत ल्याएर अग्रता कायम गरेका छन्।
पछिल्लो मतपरिणाम अनुसार एमालेकी अधिकारीले २१३६ मत ल्याएकी छन् । उपमेयरमा गठबन्धनबाट उमेदवार बनेकी कांग्रेसकी रेगिना भण्डारीले २१३८ मत ल्याएकी छन् ।
एमालेकी अम्बिकाप्रसाद खनालले १९७७ मत ल्याएर कांग्रेसकी उमेदवार भण्डारीलाई पछ्याउँदै छन् । दमक नगरपालिकामा राप्रपालाई गठबन्धनले समर्थन गरेको छ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
May 18, 10:31
August 31, 3:57
May 23, 4:28
September 02, 8:50
सम्बन्धित वर्गका समाचारहरू
July 19, 9:20
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
May 23, 11:42
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा