दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी

May 17, 4:05

डाेटी ३ जेठ / डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । जिल्ला सदरमुकाममा पर्ने उक्त नगरपालिकामा नेपाली कांग्रेस मेयर÷उपमेयर सहित भारी मतले विजयी भएको हो ।

नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार बाजी सिंह खड्का (विजय) ५ हजार १३८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार लक्ष्मण मलासीले ३ हजार ५१५ मत प्राप्त गर्नुभयो । अर्का प्रतिद्वन्द्वी नेकपा माओवादीका उमेदवार खगेन्द्र बहादुर साउँद (केबी)ले १ हजार ९८३ मत मात्रै प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरका उमेदवार रोशन भण्डारीले ५६ मत प्राप्त गर्नु भएको छ भने जनता समाजवादीका उमेदवार कलादेवी श्रेष्ठले १४ मत प्राप्त गर्नु भयो । त्यस्तै राष्ट्रिय जनमोर्चाका उमेदवार नरेश आलेले ५ मत प्राप्त गर्दा स्वतन्त्र उमेदवार असोक बिक (लुहार)ले ४ मत प्राप्त गर्नु भयो ।

नगर उप–प्रमुखमा नेपाली कांग्रेसकै उमेदवार कलावती महर (साउँद) ४ हजार ७६८ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार रुपा कठायतले ४ हजार १२९ मत प्राप्त गर्नुभयो । अर्का प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उमेदवार ऐश्वर्या भण्डारी (विष्ट)ले ५७८ मत मात्रै प्राप्त गर्नु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार शान्ती कुमारी बोगटी (खड्का)ले १८७ मत मात्रै प्राप्त गर्नु भयो ।

निर्वाचित मेयरका उमेदवार खड्का २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उमेदवार मञ्जु मलासीसँग पराजित हुनुभएको थियो । ०७४ मा कांग्रेसले ४ वटा वडा मात्रै जितेको थियो भने एमाले ५ वडा सहित मेयर÷उपमेयरमा विजयी भएको थियो ।
यसपटक एमालेको विरासत तोड्दै कांग्रेस पाँच वटा वडामा विजयी भएको छ । स्वतन्त्र जितेका एक जना वडा अध्यक्ष यसअघि कांग्रेसबाट विजयी भएका थिए । एमाले नगरका दुई वटा वडा र माओवादी एक वडामा विजय भएको छ ।
वडा नं. १ मा नेपाली कांग्रेसका उमेदवार कृष्ण बहादुर साउँद, २ मा स्वतन्त्र उमेदवार राजेन्द्र खड्का र ३ मा नेपाली कांग्रेसकै नारायण सिंह साउँद विजयी हुनुभएको छ । त्यस्तै, वडा नं. ४ मा नेकपा माओवादी केन्द्रका उमेदवार अशोक कुमार सोप, ५ मा कांगेस्रका गणेश बहादुर भण्डारी र ६ मा नेकपा एमालेका नरेश मलासी विजयी हुनुभयो ।
वडा नं. ७ मा एमालेका कर्ण बहादुर विष्ट, ८ मा नेपाली कांग्रेसका दशरथ बलायर र ९ मा नेपाली कांग्रेसका हर्क बहादुर साउँद विजय हुनुभएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा