धनगढी सुपर लिग : उत्कृष्ट लयमा राजु रिजाल, ४ खेलमा ३ अर्धसतक

राजु रिजाल : ४ खेलमा ३ अर्धसतक र एक खेलमा ३१ सहित २ सय १३ रन
राजु रिजाल : ४ खेलमा ३ अर्धसतक र एक खेलमा ३१ सहित २ सय १३ रन
May 24, 5:22

नेपाली यु–१९ राष्ट्रिय क्रीकेट टिमका पूर्व कप्तान राजु रिजाल कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा उत्कृष्ट लयमा देखिएका छन् । धनगढी क्रीकेट एकेडेमीको कप्तानी गरिरहेका रिजालले पछिल्ला ४ खेलमा ३ अर्धसतक र एक खेलमा ३१ सहित २ सय १३ रन बनाएका छन् । उनले आफ्नो पहिलो खेलमै ७७ रनको सानदार पारी खेल्दै उत्कृष्ट सुरुवात गरेका थिए । 

मङ्गलवार कैलाली जिल्ला क्रीकेट क्लब विरुद्धको खेलमा ५१ रनको पारी खेल्दै लगातार दुई खेलमा अर्धसतक प्रहार गरेका छन् । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा