दया, सौगात र मिरुना स्टारर् ‘कबड्डी–४’ले एक सातामै कमायो १५ करोड!

June 04, 10:58

काठमाडौं । अभिनेता दयाहाङ राई, मिरुना मगर र सौगात मल्ल स्टारर् ‘कबड्डी–४ः द फाइनल म्याच’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । फिल्मका वितरकका अनुसार ‘कबड्डी–४’ले एक सातामा नै १५ करोडको बक्स अफिस कलेक्शन गर्न सफल भएको छ । योसँगै एक सातामा सर्वाधिक कलेक्शन गर्ने फिल्मको समेत रेकर्ड बनाएको छ ।

गत शुक्रबारदेखि दर्शकमाझ प्रदर्शनमा आएको ‘कबड्डी–४’ले पहिलो दिन नै तीन करोड बढीको बक्स अफिस कलेक्शन गरेको थियो । फिल्मले सर्वाधिक अग्रिम टिकट बुकिङ हुने पहिलो फिल्म, घरेलु बक्स अफिसमा सर्वाधिक ओपनर तथा अत्याधिक शो पाउने पहिलो फिल्मलगायतका रेकर्ड राखिसकेको छ ।

अहिलेसम्मकै छोटो समयमा धेरै कलेक्शन गर्ने फिल्म बनेको ‘कबड्डी–४’ले अझैँ पनि दर्शकहरुको राम्रो साथ पाइरहेको छ । निर्माण पक्षका अनुसार फिल्मले प्रदर्शन अगाडि नै डिजिटल र ओभरसिज राइट्सबाट लगानी उठाइसकेको छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया गुरुङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, उपेन्द्र सुब्बालगायत कलाकारहरु मुख्य भूमिका छन् । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा