सेतो बाघ भोड्का धनगढी बजारमा

June 04, 5:48

धनगढी २१ जेठ । सेतो बाघ’ ब्रान्डमा मदिरा भोड्का सुदूरपश्चिमको बजारमा ल्याइएको छ । मदिरा उत्पादक कम्पनी नेचुरल स्पिरिट्सले नयाँ ब्रान्डमा भोड्का बजारमा ल्याएको हो । 
कम्पनीबाट उत्पादन गरिएको सारंगी ब्रान्डको ह्विस्कीले क्रमशः मदिरा पारखीहरूको मन जित्दै गइरहेको परिप्रेक्ष्यमा कम्पनीले एक अर्को उत्कृष्ट ब्रान्डको ‘सेतो बाघ’ भोड्का बजारमा उपलब्ध गराएको नेचुरल स्परिट्स नेपाल प्रालिका अध्यक्ष हरि सिटौलाले जानकारी दिए । 
बजारमा उपलब्ध अन्य भोड्का भन्दा भिन्न तर उत्कृष्ट स्वाद रहेको दाबी गरिएको योे भोड्का अन्तर्राष्ट्रिय मापदण्डअनुरूप तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष असिम सिटौलाले मदिरा उत्पादन एवं बिक्री वितरणसँगसँगै सामाजिक उत्तरदायित्वप्रति पनि त्यत्तिकै जिम्मेवार रहेको भन्दै देशमा भएका बाघहरूको संरक्षणमा समेत चासो राख्ने बताए । 
हिजो धनगढीमा भब्य कार्यक्रमका विच उद्घाटन गरिएको सेतो बाघ भोट्काको कार्यक्रममा उद्योग वाणिज्य महासंघ, होटल ब्यवसायी महासंघ लगयात विभिन्न क्षेत्रमा आबध ब्यक्तिहरुको सहभागीता रहेको थियो । सेतो बाघको धनगढीका लागी आधिकारीक विक्रेता सिराज इन्टरनेश्नल रहेको छ ।  
सेतो बाघ भोड्का १८० मिलि, ३७५ मिलि र ७५० मिलिमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा