डाेटी कांग्रेसकाे राहत कोषबाट लालबहादुरलाई सहयोग

June 13, 6:08

धनगढी ३० जेठ/नेपाली कांग्रेस डोटीले अपाङ्गता भएका लालबहादुर कलेललाई आर्थिक सहयोग गरेको छ । डोटीको बडिकेदार गाउँपालिका–१, डाङ घरभई हाल धनगढी उपमहानगरपालिका–१७, डमौलिया बस्दै आएका कलेल शारीरिक रुपमा पूर्ण अशक्त हुन् । उनले नियमित औषधि सेवन गर्नुका साथै समय समयमा पिसाव थैली परिवर्तन गर्नु पर्ने भएकाले केही राहत होस् भनेर नेपाली कांग्रेस डोटीले राहत कोषबाट आर्थिक सहयोग गरेको हो ।

नेपाली कांग्रेस डोटीले आफ्नो आन्तरिक राहत कोषबाट कलेललाई १० हजार रुपैयाँ औषधिमूलोका लागि सहयोग गरेको जनाएको हो । दीर्घ रोगी भएका बिरामीलाई नियमित औषधि सेवन गर्न समस्या पर्ने भएका भन्दै राहत कोषबाट निर्णय गरेर आवश्यकता अनुसार सहयोग गर्ने गरेको कांग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले बताए । उनले भने,‘कलेलजी हाम्रो पार्टीका होनाहार नेता हुन्, उनको पार्टी प्रतिको योगदानको हामीले मूल्याङ्कन गरेका छौं ।’

२०५६ जेठ १९ गते डोटीको बर्छैनमा हिँडिरहेका बेला चिप्लिएपछि सँगै बोकेको (लाइसेन्सवाला बन्दुक) बन्दुक पड्किएर उनको करङबाट पिठ्युँमा गोली निस्केको थियो । सबै नसाहरू कटेपछि उनको कम्मर मुनिको शरीर नचल्ने भएको हो । पूर्ण अशक्त रहेका कलेल दिसा पिसाब पनि प्लाष्टिकको पाइपमार्फत् गर्छन् । उनको प्लाष्टिकको पाइप र थैली समय समयमा फेर्नुपर्ने भएकाले उनलाई थोरै रकम भएकाले सहयोग होस् भनेर यो राहत प्रदान गरिएको पनि उनले बताए ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

उत्कृष्ट कार्य गर्ने प्रदेश ट्राफिक प्रहरीका सई धामी  सम्मानित…
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
उत्कृष्ट कार्य गर्ने त्रिनगरमा कार्यरत प्रहरी वरिष्ठ नायव…
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
उत्कृष्ट कार्य गर्ने कैलालीका ट्राफिक प्रमुख सिंह सहित ३ जना…
धनगढी, ४ असार - कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन्। प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
पानी दिवसमा ग्राहकलाई प्रतियुनिट पाँच रुपैयाँ छुट…
जेठ २२ डोटी - पानी दिवसका अवसरमा ग्राहकलाई प्रती युनिटमा पाँच रुपैयाँ  छुट दिने  घोषण गरिएको छ। … विस्तृतमा