यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान, सुदूरपश्चिममा भारी वर्षा

सुदूरपश्चिममा भारी वर्षा
सुदूरपश्चिममा भारी वर्षा
July 09, 8:11

धनगढी, २५ असार – देशभर मनसुनी वायुको सामान्य प्रभाव कायम रहेकोले शनिवार बिहानबाटै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू–भागमा आँशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
‘गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ र बाँकी भू–भागका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ,’ महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ ।

शनिवार दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।‘वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाको बुलेटिनमा भनिएको छ, ‘लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।’
राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनायो ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

अछाममा आगोले जलेका घाइतेलाई प्रधानमन्त्रीको निर्देशनमा…
धनगढी - आगलागीमा परेर गम्भीर घाइते भएका अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं.-८ कोसेडीका दुई… विस्तृतमा
सुदूरपश्चिममा काँग्रेस संसदीय दलको कार्य विभाजन टुङ्ग्याउन…
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस भित्र संसदीय दलको कार्य विभाजन सर्वसम्मत बन्न नसकेपछि निर्वाचन… विस्तृतमा
दार्चुलामा गठबन्धनका कार्यकर्ताले अवरुद्ध गरेको सडक खुल्यो
दार्चुला - दार्चुलामा गठबन्धनका कार्यकर्ता अवरुद्ध गरेको सडक सुचारु भएको छ। नेकपा एमालेका… विस्तृतमा
‘राष्ट्रपतिको संविधान विरोधी कदम भन्दै कैलालीका…
धनगढी  - सरकारमा सहभागी दलहरूका कैलाली स्थित भातृ तथा युवा सङ्गठनहरूले नागरिकता विधेयकमा… विस्तृतमा