मालिका मावि चौमालाको ६० औँ वार्षिकोत्सव सम्पन्न 

मालिका माविको ६० औँ वार्षिकोत्सव सम्पन्न 
मालिका माविको ६० औँ वार्षिकोत्सव सम्पन्न 
February 15, 7:40

कैलाली - 

मालिका माध्यमिक विद्यालय गौरीगंगा–२ चौमालाको ६० औँ वार्षिकोत्सव एक समारोहकाबिच बुधवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज भट्टको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्व मन्त्री, प्रतिनिधि सभा सदस्य  वीरबहादुर बलायर रहनु भएको थियो भने सुदूरपश्चिम प्रदेश सभा सदस्य द्वय प्रकाश बम र जानकी कुँवर पौडेल विशिष्ट अतिथि रहनु भएको थियो । 

वार्षिकोत्सव समापन समारोहमा विद्यालयका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयमा अध्ययन गरी विभिन्न ओहोदामा पुग्नु भएका पूर्व विद्यार्थी, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूलाई सम्मान गरिएको छ ।

पूर्व विद्यार्थी नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य समेत रहनु भएका लोक गायक सुरत रावत (डोटेली कान्छा), इन्जिनियर द्वय कृष्ण ढुङ्गाना, महेश चौधरी, डाक्टर मनिष चौधरी, पूर्व विद्यालय प्रधानाध्यापकहरू दशरथ तिवारी,  शम्भु शरण लाल कर्ण, मुरारी शाह, वेदप्रकाश जोशी लाई सम्मान गरिएको थियो । सो अवसरमा पूर्व शिक्षक वीरबहादुर मल्ल, कल्पना बम, मथुरा ढुङ्गाना, पूर्व अध्यक्षहरू काशीराम शर्मा, चन्द्रबहादुर थापा, जनक साउँद लगायतलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको  थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,  समाजसेवी, जनप्रतिनिधि, अभिभावहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा