चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिममा भोलिदेखि चरणबद्ध आन्दोलन

February 26, 5:31

धनगढी - बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।  आज कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा भोलिबाट प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन गर्ने जनाइएको हो ।

भोली देखी बिहान ११ बजे सम्म बजार बन्द गर्ने २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतका आन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।  ‘हामी लामो समय देखी आन्दोलनमा थियौँ सरकारले चासो दिएको छैन’ अध्यक्ष कुवरले भने, ‘अझै समस्याको समाधान नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ । ’ भोली बिहान ९ बजे देखी धनगढी चौराहाबाट आन्दोलन सुरु गर्ने बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।

यस्तो छ आन्दोलन

1

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

घट्यो सुन चाँदीको मूल्य
काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको… विस्तृतमा
सोमबार सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ,१८ भदौ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी… विस्तृतमा
खाना पकाउने ग्यास, पेट्रोल,डिजेल र मट्टितेलको मुल्य वृद्धि
काठमाण्डौ / खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । बढेको भाउ गएराति १२… विस्तृतमा
धनगढीबाट १७ लाख भारुसहित २ जना पक्राउ
धनगढी – सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको लाखौँ रकमभारुसहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र… विस्तृतमा