सुदूरपश्चिम सरकारले विलाशी गाडी खरिदमा सक्यो ३० करोड

Gadi
Gadi
July 14, 3:42

धनगढी, असार २९ - सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुखलगायतका लागि झण्डै ३० करोड रुपैयाँ बराबरका गाडी खरिद गरेको छ । विकास बजेट खर्च गर्न नसकेको प्रदेश सरकारका पदाधिकारीहरुले आफ्ना लागि गाडी खरिदमा भने मनग्य रकम सिध्याएका छन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा मात्रै ४८ वटा मोटरसाइकल, १६ वटा एम्बुलेन्स र ३० वटा गाडी खरिद गरेको हो । गाडी खरिदमा २९ करोड १९ लाख १६ हजार रुपैयाँ खर्च भएको छ ।


मुख्यमन्त्री त्रिलोचन भट्ट र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका लागि तीन वटा गाडी खरिद गरिएको छ । कार्यालयले ८ वटा मोटरसाइकल पनि खरिद गरेको छ । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले ५ करोड ३१ लाख ४१ हजारमा ११ वटा गाडी खरिद गर्दैछ ।

मन्त्रालयले मन्त्री र सचिवका लागि एकएक वटा गाडी किनिएको छ भने ९ वटै जिल्ला प्रहरी कार्यालयका लागि ९ वटै पिकअप भ्यान खरिद गरिएको सूचना अधिकारी लक्ष्मी पोखरलले बताइन् । प्रहरीका लागि खरिद गरिएको गाडी धनगढी पुगिसके पनि हस्तान्तरण हुन बाँकी छ ।

यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले दुई करोड ६१ लाख ५३ हजार रुपैयाँमा नयाँ गाडीे खरिद गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले हालै मात्र ७० लाखमा एउटा गाडी खरिद गरेको थियो भने थप एउटा गाडी खरिदका लागि टेण्डर आह्वान गरेको जनाएको छ । यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयले दुई करोड ९ लाख रुपैयाँमा तीन वटा नयाँ गाडी खरिद प्रक्रिया अगाडि बढाएको छ ।

फागुनमै २ वटा नयाँ गाडी खरिद गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ८ वटा मोटरसाइकल खरिद प्रक्रिया अगाडि बढाएको छ । सामाजिक विकास मन्त्रालयले १५ वटा मोटरसाइकल, १६ वटा एम्बुलेन्स र दुई वटा गाडी खरिदमा ७ करोड ७२ लाख ८४ हजार रुपैयाँ खर्च गरेको छ ।

मुख्य न्यायधिवक्ताको कार्यालयले गत पुसमा दुईवटा गाडी र २ वटा मोटरसाइकल खरिद गरेको थियो । गाडी खरिदमा मात्रै कार्यालयले १ करोड १४ लाख ८४ हजार रुपैयाँ खर्च गरेको छ ।

यस्तै प्रदेश प्रमुखको कार्यालयले चालू आर्थिक वर्षमै ५७ लाख खर्चिएर एउटा गाडी खरिद गरेको छ । प्रदेशसभा सचिवालयले ६ करोड २७ लाख ९० हजार रुपैयाँ खर्चिएर १० वटा नयाँ गाडी खरिद गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा