दार्चुलामा एक पुरुषले गरे झुण्डिएर आत्महत्या

September 11, 2:35

दार्चुला,२५ भदाै । दार्चुलामा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर २ भगवती ठिङ घर भएर हाल महाकाली नगरपालिका वडा नम्वर ४ विद्यानगर टोल तल्लासैन का ३० वर्षका नरेन्द्र सिंह धामी आफ्नै बस्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार हरिदत जोशीको घरमा कोठा भाडामा बस्ने धामी आइतबार १:४५ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। आत्महत्याको कारण भने खुल्न सकेको छैन।प्रारम्भीक अनुसन्धानबाट श्रीमती माइत गएको बेला उनले कोठामा झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

डडेल्धुरामा चितुवा मृत फेला
डडेल्धुरा / डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा… विस्तृतमा
धानबाली नष्ट हुनुको कारण पत्ता नलाग्दा अन्योल
कञ्चनपुर /  कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदी किनारमा धानमा भएको क्षतिको कारण अझै… विस्तृतमा
गोकुलेश्वर-खलंगा सडक २५ वर्षदेखि अधुरै
दार्चुला / गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने छोटो दूरीको खलंगा–खार–गोकुलेश्वर सडक… विस्तृतमा
‘प्रदेश सभा खुलापनका लागि गम्भीर छौँ’
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको खुलापनका लागि आफू गम्भीर… विस्तृतमा