बझाङ भूकम्प पीडितको तत्काल उद्धार र पुनर्स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन

October 05, 11:31

काठमाडौँ । बझाङमा मङ्गलबार गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औ बैठकमा बोल्नुहुँदै उहाँले तत्काल उद्धारसँगै पुनर्निर्माणका काम अगाडि बढाउन निर्देशन दिनुभएको हो । 

आवश्यक निर्णय तथा कार्यान्वयनका कार्यका बारेमा परिषद्को बैठकमा गम्भीर छलफल भएको थियो । प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिइएको छ। 

प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी भएको उहाँको भनाइ छ। सरकारका तर्फबाट राहत, उद्धार, उपचार , पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने उहाँले बताउनुभयो । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा