खप्तड क्षेत्र पर्यटन विकास समितिका कर्मचारीले १३ महिना देखि तलब पाएनन् 

kHAPTAD
kHAPTAD
August 14, 2:31

प्रकाश बम, डोटी, साउन २९ - खप्तड क्षेत्र पर्यटन विकास समिति अन्तर्गत काम गर्ने कर्मचारीहरूले १३ महिनदेखि तलब नपाएको गुनासो गरेका छन् । गत श्रावण महिना देखि अहिलेसम्म उक्त कार्यालयमा काम गर्ने विभिन्न तहका ५ जना कर्मचारीहरूले तलब नपाएको बताएका छन् । 
सङ्घीय संरचना अनुसार अहिले प्रदेश सरकार मातहतमा उक्त कार्यालय रहेको बताउँदै आफ्नो कार्यालयका कर्मचारीहरूलाई गत असारसम्मको तलब भत्ता दिएको पूर्व खप्तड क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष पुर्णराज जोशीले बताए । 
खप्तड जस्तो क्षेत्रमा व्यापक अनियमितता भएकाले  आफूले अध्यक्ष पदबाट छोडेको उनले बताए । खप्तड स्वामीले तपस्या गरेको ठाउँमा समेत यस्तो भइरहेको देख्दा आफूलाई घृणा लागेको उनले बताए । समिति विगठन भएको एक वर्ष हुँदा समेत सम्बन्धित निकाय अहिलेसम्म यसरी मौन बस्नु राम्रो नभएको समेत जोशीले प्रतिक्रिया दिए ।
नयाँ कार्यसमिति गठन र नयाँ कार्यकारी नियुक्त पछि मात्रै तलवी पक्रिया अघि बढ्ने जानकारी आएको डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए । 
केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गरिसकेको वताउदै अहिले प्रदेश सरकारले गठनादेश जारी गरेर काम अगाडी बढाई रहेको सुदूर पश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको पर्यटन शाखाका शाखा अधिकृत भोजराज पाठकले बताए ।  
उक्त कार्यलयमा ५ जना कर्मचारी रहेका छन् । जसमा शाखा अधिकृत प्रेम कुँवर, सव इन्जिनियर  दीपेश महतरा, कार्यालय सहयोगी  धन बहादुर सिंह, शशी सिंह र लोक रावल रहेको शाखा अधिकृत कुँवरले जानकारी दिए । 
दुई वर्षबाट कार्यलयमा आएका चिठ्ठी पत्र बुझ्ने, कार्यक्रममा जाने भन्दा अरू केही काम नभएको शाखा अधिकृत कुँवरले बताए । खप्तडको समग्र विकासका लागि सरकारले गठन गरेको खप्तड पर्यटन क्षेत्र विकास समिति विघटन भएको एक वर्ष हुँदा समेत गठनादेश नहुँदा अलपत्र अवस्थामा रहेको छ ।
१३ महिना यताबाट विकास समितिको नव निर्मित अढाई तलाको ९ कोठे भवन कुरुवाका रूपमा परिणत भएको छ । उक्त कार्यलयमा जडान गरिएको टेलिफोन  महसुल नवुझाउदा लाइन काटिएको  कार्यलयले जनाएको छ ।
भु–स्वर्गका रूपमा रहेको खप्तडमा आउने बजेट अधिकांश भ्रष्ट्राचार हुने गरेको स्थानीयहरूले बताएका छन् । भ्रष्टाचारको आरोप खेप्दै आएको समिति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक पटक मुद्दा पनि पर्दै आएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा