गौरीगंगामा ओल्के बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

Olke
Olke
August 18, 6:18

धनगढी, भाद्र १ - हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको आयोजनामा आज ओल्के पर्व बिशेष शुभकामना आदानप्रदान कार्यक्रम  गौरीगंगा नगरपालिकाको वडा न. ६ बनबेहडामा  सम्पन्न  भएको छ । 
संस्थाका  अध्यक्ष सुरत रावत  डोटेली कान्छाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गौरीगंगा नगरपालिका वडा न. ६ का वडा अध्यक्ष कमला शर्मा रहनु भएको थियो भने विशिष्ट अतिथी समाजसेवी प्रेमराज जोशी रहनु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य ब्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं गौरीगंगा नगरपालिका वडा न.६ का वडा अध्यक्ष कमला शर्माले गाउँ – गाउँमा गरिने यस्ता लोक संस्कृति जगेर्ना सम्बन्धि कार्यक्रमले सबै समुदायलाई एक ढिक्का बनाउने बताउनु भयो । लोक संस्कृतिको जगेर्नामा लागेका सम्पुर्ण स्रष्टाहरुलाई आफू सहयोग गर्न तत्पर रहेको बताउनु भयो । 
  कार्यक्रमका बिशिष्ट अतिथि समाजसेवी प्रेमराज जोशीले पहिले पहिले गाउँमा हरियो सागपात, केला  फलफुल लगायत आफ्ना मान्यजनलाई दिने गरेको प्रचलनको झल्को दिने गरि भएको कार्यक्रमको प्रशंसा गर्नु भयो । पहाडमा आफू भन्दा अग्रज मान्यजनका घरमा ओल्के पुर्‍याउने अर्थात ओल्को दिने पनि भन्ने गरिन्छ तसर्थ आजको यो कार्यक्रमबाट सबैलाई प्रेरणा मिल्ने र आगामी दिनमा लोक संस्कृति जगेर्ना गर्ने खालका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।
  ओल्के पर्वको अवसरमा गरिएको कार्यक्रममा शुभकामना ब्यक्त गर्दै बिणा ग्रामीण बिद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष समाजसेवी एकम छेडालले लोक संस्कृति जगेर्नामा हाम्रो संस्कृति हाम्रो पहिचान नेपालले अभियानको थालनी गरेकोमा खुसी ब्यक्त गर्नु भयो । ओल्के पर्व आफैंमा महत्वपूर्ण चाड हो , आफू भन्दा अग्रजको सम्मान गर्नु पर्छ भन्ने पाठ समेत सिकाउने यो पर्व पछिल्लो पुस्ताका युवामा संस्कृति जगेर्ना गर्न उत्साहित गर्ने  र  पुस्ता हस्तान्तरण हुने बताउनु भयो ।
   नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाका उपाध्यक्ष तेज कठायतले युवा पुस्ताले हाम्रा पुराना संस्कृतिको अनुसरण गर्ने बेला संस्कृतिमा आईलाग्ने बिकृतिलाई निरुत्साहित गर्नुपर्ने बताउनु भयो  ।
बिणा बिद्या मन्दिर आधारभुत विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चक्र बोगटीले लोक संस्कृतिको जगेर्नामा आफू जहिले पनि एक कदम अघि रहने बताउनु भयो । अध्यक्ष बोगटीले हाम्रा चाडपर्व , रितिरिवाज , रहनसहन लोप हुँदै जाने अवस्थामा पुगेकाले सरोकारवाला सबैले यस्मा ध्यान दिनुपर्ने बताउनु भयो ।
 समाजसेवी एवं डेउडा गायक पुरन कडायतले हाम्रो संस्कृति हाम्रो पहिचान नेपालले गर्ने लोक संस्कृति जगेर्ना गर्ने खालका कार्यक्रमबाट अरुपनि प्रभावित हुने र यो अभियानमा सबै होमिने बिश्वास ब्यक्त गर्नु भयो । गायक कडायतले स्रष्टाका लागि तिनै तहका सरकारले ध्यान दिनु पर्ने बिचार ब्यक्त गर्नु 
कार्यक्रममा बोल्दै समाजसेवी दानबहादुर कुवँरले सुदुरपश्चिममा हाम्रा विभिन्न खालका चाडपर्व मध्यको एक महत्त्वपूर्ण चाड ओल्केको अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रमले सबैलाई एक ढिक्का बनाउने बताउनु भयो ।अरुबेला जे सुकै भएपनी चाडपर्वमा हामी एक भएर एकै ठाउँमा बसेर मनाउने हरेक पर्वले हाम्रो भातृत्व कायम गर्ने बताउनु भयो ।    
     समाजसेवी सिद्धराज जोशीले आफुले आफ्ना बुवा बाजेका पालामा ओल्के पर्व अलि बढी धुमधामका साथ मनाईने गरेको भएपनी पछिल्लो समयमा अलि कम हुँदै गएकोमा दुख्ख ब्यक्त गर्नु भयो । जोशीले आज ओल्केको अवसरमा यो जमर्को गरेकोमा अत्यन्तै खुसी भएको बताउनु भयो। 
गौरीगंगा खेलकुद विकास समितिका अध्यक्ष बहादुर खड्काले युवालाई आकर्षित गर्ने खालका कार्यक्रमहरु बनाउनु पर्ने बताउनु भयो । यो संस्थाले जुन अभियान थालेको छ त्यसमा हामी युवाको साथ रहने बताउनु भयो । लोक संस्कृतिको जगेर्ना र प्रचारप्रसारबाट युवा आकर्षण बढ्ने बिश्वास गर्नु भयो ।             कार्यक्रममा साहित्यकार एवं कलाकार तोयनाथ भट्टले लोक संस्कृतिको जगेर्नामा अग्रजले देखाएको बाटोमा आफुहरु  लागिपर्ने बताउनु भयो । त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष गोबिन्द साउँदले स्रष्टाहरुको प्रयासले मात्र सबैकुरा सम्भव नहुने भन्दै त्यसका लागि सरोकारवाला सबै लाग्नु पर्ने बताउनु भयो । ओल्के पर्व शुभकामना आदानप्रदान कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छाले संस्था जुन उद्देश्यका साथ स्थापना भएको हो त्यसै अनुसार आफुहरुले लोक संस्कृतिको संरक्षण ,सम्बर्द्धन एवं प्रचारप्रसार गर्न लागि पर्ने बताउनु भयो । नेपाली भाषाको उदगम थलो काली कर्णालीको कला, साहित्य ,भाषा, संस्कृति रहनसहन भेषभुषाको संरक्षण गर्न सबैपक्ष एक भएर लाग्न अनुरोध गर्नु भयो । अध्यक्ष रावतले हाम्रो यो अभियान हो  यो अभियानलाई सार्थक तुल्याउन सबैको साथको खाचो रहेको बताउनु भयो ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा