रेडियो नेपालमा कार्यरत पत्रकार बर्खास्ती बिषयको चौतर्फी बिरोध

l
l
August 21, 7:39

डोटी, भदौ ४ – रेडियो नेपालमा कार्यरत तीन जना पत्रकारलाई जागिरबाट बर्खास्त गरेपछि चौतर्फी बिरोध भएको छ । प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई विनासूचना र विना कारण बर्खास्त गरेपछि पेशागत तथा छाता संघ–संगठनहरुले चौतर्फी बिरोध जनाएका छन् ।
पत्रकार रावल १० बर्ष देखि रेडियो नेपालमा कार्यरत थिइन् भने बम र कुँवर तीन बर्ष देखि कार्यरत थिए । तीनै जनालाई सोमबार रेडियो प्रसार सेवा विकास समितिले कारण नै नखुलाई जागिरबाट बर्खास्त गरेको थियो । त्यसको बिरोधमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन डोटी शाखाले प्रेस विज्ञप्ती जारि गर्दै बिरोध जनाएको छ । त्यस्तै नेपाल प्रेस युनियन केन्द्र र नेपाल पत्रकार महासंघ प्रदेश समितिले समेत प्रेस विज्ञप्ती जारी गर्दै प्रसार सेवा विकास समितिलाई तुरुन्त निर्णय सच्याउँन अनुरोध गरेकोछ ।
नेपाल पत्रकार महासंघ डोटी शाखाले मंगलबार रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल मार्फत रेडियो नेपाल काठमाण्डौंका कार्यकारी निर्देशकलाई ज्ञापनपत्र पठाएको छ ।
महासंघका अध्यक्ष योगेन्द्र बलायरद्वारा हस्ताक्षेरित ज्ञापन पत्रमा सरकारी सञ्चारमाध्यमले विनाकारण श्रमजीवि पत्रकारहरुलाई जागिरबाट निकालेकोे प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ज्ञापन पत्रमा रेडियो नेपालमा कार्यरत तीन जना पत्रकारलाई विना कारण जागिरबाट निकालिएको उल्लेख गर्दै यस्तो कार्य रेडियो नेपालको ईतिहास तथा नेपाली पत्रकारिताको ईतिहाँसमा सबैभन्दा दुखदायी र आततायी घटनाको रुपमा रहेको जनाएको छ ।
ज्ञापनपत्र मार्फत पूर्वाग्रहीपूर्ण उक्त निर्णय तुरुन्त सच्याएर तीनैजनाको पुनर्वाहली गर्दै काममा फर्काउन माग गरिएको छ । अन्यथा पत्रकारको हकहित र सुरक्षाका लागि आन्दोलनमा उत्रने चेतावनी दिदैँ यस्ता अन्यायपूर्ण र अलोकतान्त्रीक निर्णयविरुद्ध नेपाल सरकार र सम्बन्धीत सबैको ध्यानकर्षण गराएको छ ।

11


ज्ञापन पत्र बुझ्दै रेडियो नेपाल प्रदेश प्रशारण केन्द्रका प्रमुख वौएलाल चौधरीले आफुले कार्यालयबाट सबैजनाको नवीकरणको सिफारिस पठाएको बताए । केन्द्र बाटै त्यस्तो निर्णय भएको उनको भनाई थियो ।

1


त्यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले कारण नै नखुलाई एकै पटक तिन जना पत्रकारलाई बर्खास्त गरेको प्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश समितिका महासचिव योगेश रावलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा यस्तो कार्य नियम विपरित भएकाले तत्काल तिै जनाको पुर्नवहाली गरी काममा फर्काउन माग गरेको छ ।

विना कारण पत्रकारलाई वर्खास्त गरेको बिरोधमा नेपाल प्रेस युनियन केन्द्रले पनि विज्ञप्ती जारी गरेको छ । प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तीमा नियमित काम गरिरहेका सञ्चारकर्मीहरुलाई कामबाट वञ्चित गर्ने गरि अन्य तिन जनालाई त्यो ठाउँमा नियूक्त गरिएको घटना पुर्वाग्रही र प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको उल्लेख छ ।
ज्ञापनपत्र मार्फत श्रमजिवी पत्रकारहरुको पेटमा लात हान्ने कार्य तत्काल फिर्ता नलिए रेडियो प्रसार सेवा विकास समितिका विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिईएको छ ।

2


प्रेस युनियन डोटी शाखाले पनि विज्ञप्ती जारी गर्दै तिनै जनाको पुर्नवाहाली नगरिए आन्दोलनमा जाने चेतावनी दिएको छ । युनियनका सचिव पवन महराद्वारा हस्ताक्षरित विज्ञप्तीमा विधिसम्मत् ईमान्दार र कर्तव्यनिष्ठ भएर काम गरिरहेकै अवस्थामा पत्रकारलाई अपमानित हुनेगरी कार्यालयमा हाजिर हुन नदिएको घटना नेपाली पत्रकारिताको ईतिहासका लागि अत्यन्त दुखद र आपत्तीजनक रहेको उल्लेख छ ।
ज्ञापनपत्रमा पञ्चायत र प्रतिगमनकालको झल्को दिनेगरी अकारण पत्रकारहरुलाई जागिरबाट निकालिदा सिङ्गो प्रेस जगत स्तब्ध भएको जनाएको छ । रेडियो प्रसार सेवा विकास समितिले प्राकृतिक न्यायको सिद्धान्तबिपरीत लामो समय देखि काम गरिरहेका पत्रकारलाई बिस्थापन गरी आफुनिकटका नयाँ व्यक्तिलाई नियूक्त गरेर आफ्नो पूर्वाग्रही चरित्र समेत दर्शाएको आरोप लगाएको छ । साथै विना कारण वर्खास्त गरिएका तिनै जना पत्रकारलाई तुरुन्त पुनर्वाहली नगरिए यस्ता पूर्वाग्रही, अव्यवहारिक, अप्राकृतिक तथा अलोकतान्त्रिक निर्णय र रेडियो प्रसार सेवा विकास समितिका विरुद्ध नेपाल प्रेस युनियन डोटी शाखा कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

3


साथै त्यसैको बिरोधमा नेपाली काँग्रेस डोटीले पनि विज्ञप्ती जारि गरेको छ । नेपाली काँग्रेस डोटीका सचिव नारायण जोशीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पिडित पत्रकारलाई ससम्मान पुनर्वाहली नगरिए संघर्षमा उत्रिने जनाएको छ ।

वर्खास्तमा परेका पत्रकार तीनै जनाले आफुहरु युनियमा आबद्ध भएकै कारण अन्यायमा परेको बताए । वर्खास्त रेडियोकर्मी बम प्रेस युनियन डोटीका अध्यक्ष, कुवँर उपाध्यक्ष र रावल केन्द्रिय पार्सद हुन् ।
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा