कञ्चनपुरमा एक लाख बढी नगदसहित १० जुवाडे पक्राउ

Juwa copg
Juwa copg
October 16, 4:24

असोज २९
कञ्चनपुर -
कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गेपुल छेउमै रहेको एक होटेलबाट १० जुवाडे पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक चेतराम पनेरुले महाकाली नगरपालिका–४ को रिर्भर साइड होटेलबाट जुहाडे पक्राउ गरिएको बताए ।

प्रहरी निरीक्षक पनेरुका अनुसार उक्त होटलमा राति जुवातास खेलिरहेकै अवस्थामा ईप्रकाको टोलीले पक्राउ गरेको हो । प्रहरीले जुहाडेसहित एक लाख, तीन हजार पाँच सय ६ रुपैयाँसमेत बरामद गरेको छ ।

पक्राउ परेका १० जना ईलाका प्रहरी कार्यालय दोधाराको नियन्त्रणमा रहेका छन । कञ्चनपुर प्रहरीले जुवा खालबाट पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । खेल्ने र खेलाउने विरुद्ध कारबाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा