गौराको अवसरमा धनगढीमा देउडा प्रतियोगीता शुरु

Gaura
Gaura
August 25, 6:24

धनगढी, भदौं ८ - संस्कृती हाम्रो पहिचान नामक संस्थाको आयोजनामा गौराको अवसरमा धनगढीमा आजबाट देउडा प्रतियोगीता शुरु भएको छ । नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले प्रतियोगिताको उद्घाटन गरीन । गौरा गित प्रतियोगिताको उद्घाटन गर्दै नेतृ देउबाले गौरा सुदूरपश्चिमको गौरवको पर्व भएको बताईन । आफुले बिबाह गरेर सुदूरपश्चिमा आएदेखि निरन्तर गौराको पुजन गर्ने गरेको डाक्टर देउवाले बताईन । आधुनीक प्रविधीको जती प्रयोग गरेपनि , आधुनीक बन्न खोजेपनि आफ्नो संस्कृतीलाई भुल्न हुदैन नेतृ देउवाले भनिन्, मलाई डोट्याली संस्कृतीका बारेमा थाहा थिएन बिबाह गरेर आएपछि सबै सिकेकी छु ।

कांग्रेस नेतृ आरजुले गौराको धार्मिक महत्वका बिषयमा फरर बताउदा कार्यक्रम स्थलमा सहभागिहरुको ध्यान गौराको महत्व सुन्नमा केन्द्रीत भएको थियो । आफ्नो घरमा पूर्खोदेखि गौरा भित्राउने चलन रहेको बताउदै नेतृ देउवाले भनिन्, मैले काठमाण्डौमा पनि त्यो परंपरालाई निरन्तरता दिदै आएकी थिए ।
धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख सुशिला मिश्र भट्टले गौराको धार्मिक सांस्कृतीक तथा सामाजिक महत्वको बारेमा बर्णन गरिन । आफ्नो संस्कृतीको सम्वद्र्धन, प्रवद्र्धन गर्नु हामी सबैको दायीत्व हो उप–प्रमुख भट्टले भनिन्, संस्कृती हाम्रो पहिचान नेपाल नामक संस्थाले सुदूरपश्चिम प्रदेश स्तरको गौरा महोत्सव आयोजना गरेर राम्रो कार्यको थालनि गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा