धेरै माया गरेको भन्दै पतिविरुद्ध सम्बन्धबिच्छेदको मुद्दा !

Divorce
Divorce
August 31, 3:56

एजेन्सी, भदौ १४ - धेरैजसो पति र पत्नीको सम्बन्धबिच्छेद दुई जनाबीच मायाको अन्त्य र दुई जनाबीचको असमझदारीका कारण हुन्छ । तर तपाईले अत्यधिक प्रेमका कारण सम्बन्ध विच्छेद भएको घटना भने पक्कै पनि सुन्नु भएको छैन ।

संयुक्त अरब इमिरेड्स (युएई) की एक महिलाले आफ्ना पतिले अति धेरै माया गर्ने र उनीसँग कहिल्यै सम्बन्ध नबिग्रियोस भन्ने चाहेको भन्दै सम्बन्ध विच्छेदको माग गरेकी छन् ।

उनले आफ्ना पतिले आफूलाई धेरै माया गर्ने र श्वास नै रोकिने भन्दै अत्यधिक मायाका कारण आफ्नो जिन्दगी नर्क भएको तर्क गरेकी छन् ।

खलील टाइम्सका अनुसार नाम नखुलाइएकी ति महिलाले फुजैराहको एक शरिया अदालतसमक्ष विवाहको एक वर्षपछि आफूले सम्बन्ध विच्छेदको निर्णय लिएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘एक दिनका लागि म रिसाइदिन्छु, तर मेरो पतिले त्यो अवसर पनि दिँदैनन्, मलाई माफ गरिदिन्छन् र मेरा लागि गिफ्ट लिएर आउँछन् ।’

उनले थप स्पष्ट पार्दैै भनेकी छन्, ‘म वास्तविक चर्चा गर्न चाहन्छु, बहस गर्न पनि चाहन्छु, मलाई यस्तोखाले परेसानीमुक्त जीवन चाँहिदैन ।’

पतिले सम्बन्ध विच्छेदको मुद्दा परेपछि न्यायाधीस समक्ष आफ्ना विषय राखेका छन् र न्यायाधीसले उनीहरुको मुद्दा आफै मिलाउन सकुन् भनेर स्थगित गरिदिएका छन् ।

पतिले भनेका छन्, ‘एक वर्षमा कुनै विवाहलाई लिएर निर्णय लिनु सही होइन, हरेक व्यक्तिले आफ्नो गल्तीबाट सिक्छन् ।’

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा