हिंसाको स्वरुप फेरियो, अन्त्य भएन : उप–प्रमुख भट्ट

Teej
Teej
September 02, 4:46

धनगढी,भदौ १६ - धनगढी उप–महानगरपालीकाका उप–प्रमुख सुशीला मिश्र भट्टले समाजमा ब्याप्त लैङ्गिक हिंसाको स्वरुप फेरिएपनि अन्त्य हुन नसकेको बताएकी छन् ।
शोमबार धनगढी उप–महानगरपालिका वडा नं ८ मा आयोजना गरिएको तीज कार्यक्रमको उद्घाटन गर्दै उप–प्रमुख भट्टले यसका लागि लैङ्गिक सशक्तिकरणको अभियान चलाउनु आवश्यक भएको बताईन । हिजो शारिरिक हिंसा बढी हुने भएपनि अहिले मानसिक हिंसाका घटना बढेको उप–प्रमुख भट्टले बताईन । न्यायीक समितिमा रहेर न्याय सम्पादन गर्दा हिंसाको स्वरुप फेरीएको भेटाए उप–प्रमुख भट्टले भनिन्, कतिपय ठाउँमा महिलाका कारण पुरुष समेत हिंसामा परेका छन् । 
दुःख, पिडा बेदनाकाका कुरा मात्रै होईन सकारात्मक सन्देशको संचार तिजले गर्नुपर्छ उप–प्रमुख भट्टले भनिन्, यस्तै सन्देश प्रवाह गर्नका लागि धनगढीका सबै वडामा तिज आयोजना गरेका हौं । महिलालाई अत्म निर्भर नबनाए सम्म लैङ्गिक रुपमा रहेको खाडल पुरिन सक्दैन उप–प्रमुख भट्टले भनिन्, त्यसका लागि महिलालाई उद्यमशिलता तिर लगाउनुपर्छ  । समाजसेवी उद्यव बिष्टले महिला हिंसाको अत्यका लागि महिला स्वयं अभियानमा जुट्नुपर्ने बताए । उनले भने, यसको अर्थ महिलालाई मुल प्रवाहीकरणमा ल्याउन पुरुषको साथ चाहिदैन भन्ने होईन । कार्यक्रम धनगढी उप–महानगरपालिकाको सहयोग तथा न्यू बुद्ध युथ क्लव र राधाकृष्ण महिला समुहको संयुक्त आयोजनामा भएको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा