‘को बन्छ करोडपति’ले दियो विजेता जैनलाई १ करोडको चेक

Rajib Jain
Rajib Jain
September 14, 11:57

‘को बन्छ करोडपति’का विजेता राजिव जैनलाई एक करोडको चेक हस्तान्तरण गरिएको छ । बिहिबार ललितपुर स्थित होटल हिमालयमा आयोजित एक कार्यक्रमका बीच  विजेता जैनलाई एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, कार्यक्रम प्रस्तोता महानायक राजेश हमाल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ, क्रियटिम निर्देशक सुरक्षा अधिकारी लगायतले १ करोडको चेक हस्तान्तरण गरेका हुन् ।

केबिसीको पहिलो संस्करणमा विजेता बनेको झण्डै तीन महिनापछि उनले १ करोड पाएका हुन् ।

एपीवान टेलिभिजनबाट प्रशारण भएको उक्त कार्यक्रममा १ करोड जितेपछि सुरुमा राजीब जैनले उक्त रकमले केहि हिस्सा समाजसेवा तथा विश्व भ्रमणमा खर्चिने बताएका थिए ।

बिहीबार रकम बुझेपछि उनले नेपालका धेरै स्थान घुम्न बाँकी रहेकाले मन बदलिएको बताए ।

 ‘नेपाल घुमेपछि मात्रै बाहिरी मुलुक घुम्ने योजना बनाएको छु, केहि रकम समाजसेवामा पनि लगाउनेछु’, उनले भने।

यसैगरी चेक हस्तान्तरणको अवसरमा आफ्नो भनाई राख्दै महानायक तथा कार्यक्रम प्रस्तोता राजेश हमालले पहिलो सिजन आफुहरुको अपेक्षा भन्दा धेरै सफल भएकोमा खुसी लागेको सुनाए ।

उनले आगामी शो थप भव्य बनाउनका लागी आयोजक एसआरविएन मिडियालाई तयारी थाल्न समेत आग्रह गरे ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा