सभामुख महरालाई सभामुख र सांसद दुवै पदबाट राजिनामा दिन नेकपाको निर्देशन

krishna-mahara
krishna-mahara
October 01, 1:06

काठमाडौं, १४ असोज - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले आज आकस्मिक बसेको सचिवालय बैठक बैठकले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई राजिनामा दिन सुझाव दिने निर्णय गरेको छ।

सभामुख महरा माथि लागेको बलात्कारको आरोपका विषयमा सचिवालय बैठकमा छलफल भएको थियो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै ने क पा प्रवक्ता नारायणकाजी श्रेष्ठले नैतिकताको आधारमा सभामुखलाई राजिनामा दिन सुझाव दिने बैठकले निर्णय गरेको बताए।

सभामुख महरामाथि संघीय संसद् सचिवालयमा काजमा कार्यरत एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएपछि राजनीति तरङ्गित भएको छ।

स्वास्थ्य सेवामा दरबन्दी भई सचिवालयमा काजमा रहेकी ती कर्मचारीले आइतबार राति आफ्नै कोठामा आएर ‘मदिराको मातमा सभामुख महराले जबर्जस्ती गरेको आरोप लगाएकी हुन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा