आजदेखि धनगढीसहित २६ सहरमा टेलिकमको फोरजी, तपाईंको मोबाइलमा यसरी चलाउनुहोस् फोरजी

4G
4G
October 02, 12:31

धनगढी, असोज १५ - नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा सहरमा फोरजी सेवा सुरु गर्दैछ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो ।

टेलिकमले मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ ।

त्यस्तै, साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने अधिकारीले जानकारी दिनुभयो ।

पहिलो चरणअन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने उहाँले बताउनुभयो । ‘फोरजी’ सेवा चलाउनको लागि मोबाइल सेटसँगै सिमकार्ड पनि ‘फोरजी’लाई सपोर्ट गर्ने हुनुपर्नेछ ।

नेपाल टेलिकमले आफ्नो मोबाइलमा ‘फोरजी’ सेवा चल्छ कि चल्दैन जाँच गर्न र नचल्ने भएमा निःशुल्क परिवर्तन गर्न आग्रह गरेको छ । आफ्नो सिमकार्ड ‘फोरजी’ सेवा सपोर्ट गर्छ कि गर्दैन भन्ने जान्न स्टार ४४४ अनि ह्यास डायल गर्न टेलिकमले जनाएको छ ।

फोर जी नचल्ने सिम भएमा नजिकैको टेलिकम कार्यालयमा गएर निःशुल्क फोरजी सिम लिन सकिनेछ ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा