राष्ट्रिय वाणिज्य बैङ्कको धनगढी शाखा दसैँको बिदामा समेत खुला रहने

RBB
RBB
October 06, 2:58

धनगढी, असोज १९ - राष्ट्रिय वाणिज्य बैङ्कको धनगढी शाखा दसैँको बिदामा समेत खुला रहने भएको छ । वडा दसैँको बिदामा पनि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका देशभर २२ वटा शाखा कार्यालयहरू खुला रहने तथा दुई शाखाहरू विजया दशमीको दिन पनि खुला राखिने भएका छन् ।
वडा दसैँको अवसरमा बिदा हुने दिनहरू असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने जनाइएको छ ।
सुदूरपश्चिममा धनगढी र महेन्द्रनगर शाखा खुल्ला रहने राष्ट्रिय वाणिज्य बैङ्कले जनाएको छ । काठमाडौँ उपत्यकाभित्रका शाखा कार्यालय बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलङ्की, ललितपुर र त्रि.अ. विमानस्थल खुल्ला रहने बैंकलेजनाएको छ ।
त्यसै गरी बिर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, र नेपालगन्ज खुल्ला रहने छन् ।
उपत्यकामा शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल शाखा भने विजया दशमीको दिन पनि खुल्ला रहने छन् । उक्त शाखाहरूबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्राहकलाई सेवा प्रदान गरिने जनाइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा